उपचारका लागि ओली थाइल्याण्ड जाँदै
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौँ, ८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै हुनुहुन्छ ।
थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उहाँले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थाल्नुभएको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानु हुनेछ । यही भदौं १४ गते उहाँ स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताउनुभयो ।
नियमित स्वास्थ्य उपचारका लागि उहाँ ६/६ महिनामा बैंकक जाने गर्नुभएको छ । यसअघि जेठमा उहाँ उपचारका लागि बैंकक जानुभएको थियो । रासस
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित