एक जनाको दुई वटा नागरिकता, बाबुको नाम र ठेगाना समेत फरक–फरक

असोज ९, स्याङजा । एक महिलाले नेपाली नागरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ ।  हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा नागरिकता लिएको तथ्य खुलेको छ ।   

ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नं ३ (हालको चापाकोट नगरपालिका १०) ठेगाना राखेर २०६० मङ्सिर ८ गते १३४९९ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी छिन् ।   

उक्त नागरिकतामा बाबुको नाम गोविन्दबहादुर राना उल्लेख गरिएको छ । त्यस्तै तीनदोबाटे गाविस वडा नं ९ (हाल गल्याङ नगरपालिका–८) को ठेगाना राखेर हेमाले विसं २०६५ मङ्सिर ५ गते ४२२०२८ नम्बरको अर्को नेपाली नागरिकता प्रमाणपत्र लिएकी छिन् । त्यसमा उनको जन्ममिति विसं २०४५ वैशाख १७ गते र बाबुको नाम नरेश्रवर गाहामगर उल्लेख छ । 

null

पहिलो कुवाकोट ठेगाना राखेर लिएको नागरिकतामा शाखा अधिकृत धीरेन्द्र बानियाँको हस्ताक्षर रहेको छ भने अर्कोपटक लिएको नागरिकतामा थमनसिंह थापाको हस्ताक्षर रहेको छ । पहिलो नागरिकताबाट रानाले २०२६२७० नंको राहादानीसमेत बनाएको बुझिएको छ ।   

यसरी दुई नागरिकता लिएर पटक–पटक धम्की दिएको भन्दै इन्द्रकुमारी गाहाले दुई नागरिकता लिने हेमा राना र नागरिकता लिनका लागि सहयोग गर्ने बुद्धिमाया गाहा (रेनुका थापा)  सौतेनी सासुलाई कारवाहीसँगै नागरिकता बदर गर्न माग गर्दै इलाका प्रशासनमा मङ्गलबार निवेदन दिएपछि हेमा रानाले दुई नागरिकता लिएको खुलासा भएको हो । 

बुद्धिमायाले आफ्नो श्रीमान् नरेश्वर गाहामगरको विसं २०६१ माघ १५ गते मृत्यु भएपछि विसं २०६५ मङ्सिर ५ गते हेमा रानाको नागरिकता लिएको खुलेको छ ।   

इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले दुई नागरिकता लिएको भनेर निवेदन आएको र कानूनअनुसार कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *