६ वर्षसम्म गुफाभित्रै बसेकाे भेडालाई जब बाहिर निकालियाे तब यस्ताे देखियो
माघ १७ । आज हामी अत्यन्तै अनौठो तस्विर देखाउँदैछौ । मानिसहरुको मात्र होईन जनावरहरुको स्वभाव र प्रबृती पनि अचम्मको हुने गर्छ । यस्तै घटना भयो न्युजिल्याण्डमा जहाँ एउटा भेँडा ६ बर्षसम्म गुफामा गुप्तबास नै बस्यो । सन् १९९७ मा न्युजिल्याण्डमा एउटा भेंडा १७ हजार भेंडा भेँडाको हुलबाट भागेर गुफामा लुक्योे ।
जिद्दी र डरपोक स्वभावको उक्त भेंडा मालिकको आँखा छलेरै ६ वर्षसम्म गुफाभित्रै बस्यो । जब ६ वर्षपछि अचानक मालिकले भेँडालाई गुफामा भेटे तब त्यसलाई कुनै भेँडा हो भनेर छुट्टाउँनै गाह्रो पर्यो ।
null
४ वर्षको उमेरमा गुफा पसेको भेंडा १० वर्षको उमेरमा बाहिर निस्किँदा जिउमा २० जना मानिसलाई शुट बनाउन पुग्नेजति ऊन पालेको थियो । भेंडाको उनले ढाकिएर डल्लोजस्तै बनेको त्यो भेंडाको तस्वीर त्यसबेला खुबै चर्चित बनेको थियो । चर्चासँगै यो भेंडाको नाम श्रेक राखिएको थियो, जुन एउटा एनिमेटेड फिल्मको पात्रको नाम हो ।
भेंडा सेलिब्रेटी नै बन्यो र उसको जिउबाट काढिएको ऊन महंगोमा लिलाम भयो । तर उक्त भेँडाको मुत्यु भने सन् २०११ मा नै भईसकेको छ । जुन भेँडा मर्दा न्युजिल्याण्डमा कुनै राजनेता मृत्यु हुँदाको जस्तै गरी शोक मनाईएको थियो । एजेन्सी