डीपीएलः रुपन्देहीको लगातार दोस्रो जित, विराटनगर ५ विकेटले पराजित

माघ २९, धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ । 

फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै रुपन्देहीले डिपीएलमा लगातार दोस्रो जित हात पारेको हो ।  

यसअघि सोमबार भएको पहिलो खेलमा रुपेन्देहीले महेन्द्रनगर यूनाटेडलाई २ रनले पराजित गरेको थियो। जितसँगै लगातार दुई खेल जितेको रुपेन्देहीले चार अंक जोड्दै अंकतालिकाको शीर्षमा स्थान बनाएको छ। 

null

फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले दिएको ९४ रनको सामान्य लक्ष्य भैरहवाले १३ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । 

रुपन्देहीका पुनित मेहेराले सर्वाधिक ४६ रन जोडे । उनले ४ छक्का र २ चौका प्रहार गरे । यस्तै बाबर हायतले १७ रन जोड्दा भिम सार्की १२ रनमा अविजित रहे । यस्तै कप्तान बसन्त ८ रन बनाए । 

विराटनगरका अभिनास यादवले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९३ रन बनाएको थियो । 

विराटनगरका लागि प्रनित थापा मगरले अविजित रहदै सर्वाधिक १७ रन जोड्दा असद उल्लाह खानले १६ रन जोडे । यस्तै कुशल भुर्तेलले १२ रन बनाउदा संसद शेखले १० रन बनाए । 

विराटनगरलाई सस्तैमा समेट्न रुपन्देहीका पुनित मेहेराले ३, ललित भण्डारी र बसन्त रेग्मीले २/२ विकेट लिए । 

दोस्रो जितसँगै रुपन्देही लिगको शीर्ष स्थानमा उक्लिएको छ । रुपन्देहीले २ खेलबाट ४ अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई २ रनले हराएको थियो । 

विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *