भुलेर पनि यस्ता स्वभाव भएकी युवतीसँग विवाह नगर्नुस
“
विष्णु पुराण , मानिसको जीवनमा सुख भए स्वर्ग र दु:ख नै दु:ख र कलह भए नर्क समान मान्ने गरिन्छ । कतिपय मानिसले भन्ने गरेका छन् कि जिउँदो छँदानै मानिस ले स्वर्ग वा नर्क भोग्ने गर्छ, मरेपछि त शून्यता मात्र हो । साँच्चै मानिसको जीवनमा हरेक दिनको सुखभोगले महत्त्व राख्छ जुन कुरा हाम्रो दैनिक व्यवहारसँग सम्बन्धित छ । मानिसको जीवनमा धार्मिक संस्कारको निकै महत्त्व राख्छ । संस्कारले भनेको सबै राम्रा कुरालाई मानिसले अंगाल्ने हो भने स्वर्ग यही संसारमै छ । धार्मिक संस्कारको सबैभन्दा महत्त्वपूर्ण संस्कार मध्ये एक संस्कार हो विवाह । सुखी वैवाहिक जीवनको लागि आवश्यकता पर्छ राम्रो जीवन साथी ।
विवाहको लागि यस्ती युवती छान्न सहज भने पक्कै पनि छैन । एउटी पत्नी असल भएका त्यसको प्रभाव सिङ्गो समाजमा पर्छ भन्ने गरिन्छ । त्यस्तै धार्मिक विष्णु पुराणमा स्त्री जातिको बारेमा धेरै कुराहरू स्पष्ट पारिएको छ । यो पुराणमा ४ यस्तो कुराको बारेमा बताइएको छ, जसको जाँच नगरी कुनै पनि युवती विवाह गर्नु हुँदैन ।
तल ती ४ कुराहरूको बारेमा जानकारी लिनुहोस् :
१) दुइपक्षको बिच कुनै नाता नहोस :
कुनै पनि व्यक्तिले त्यस्ता युवतीसँग विवाह गर्नु हुँदैन जसको आमा बुबासँग केटापक्षको नजिकको कुनै नाता होस् । शास्त्रको अनुसार आपसी नाता वा एकै गोत्रमा विवाह गर्न हुँदैन । यसको कारण जेनेटिक रोग हुने सम्भावना हुन्छ । जुन युवतीको आमारबुबाको पाँच पुस्ता अघिसम्मको नाता छ भने त्यस्तो अवस्थामा विवाह गर्नु हुँदैन । त्यसैले विवाह गर्नु अघि आपसी नाता छरछैन निकै ध्यान दिनु आवश्यक छ ।
२) खराब पुरुषसँग साथी बनाउनेवाली :
त्यस्ती युवती जसको खराब पुरुषसँग हिमचिम छ त्यस्ती महिलासँग भुलेर पनि विवाह नगर्नुस । त्यस्ता खराब पुरुषसँग सङ्गत भएकी युवतीहरुले विवाहपछि सकारात्मक भएर परिवार सम्हाल्ने वा सहनशीलताको विषयमा निकै कम्जोर हुन्छन् जसको कारण परिवारमा विभिन्न कलहको वातावरण पैदा भईनै रहन्छ । अर्को कुरा खराब पुरुषसँगको सङ्गतमा रहेकी महिला विवाह पछि पनि त्यस्तै वातावरण खोज्ने हुँदा उनीहरू वैवाहिक जिम्मेवारीमा सतर्क बन्दैनन् । विवाहपछि पनि साथिसंगतको हिसाबले ती युवतीले त्यस्ता पुरुषसँग सङ्गत गर्न छाड्दिनन । दुष्ट पुरुषहरुले उनलाई आफ्नो स्वार्थमा फसाउने गर्छन् । आजकल वैदेशिक रोजगारमा गएका आफ्नो श्रीमानले पठाएको पैसा यता श्रीमतीले अर्कैसँग लागेर उडाउने गरेको वा विभिन्न परिवेशमा श्रीमान् नै छाडेर अर्कैसँग भाग्ने गरेको खबर सुनिन्छ ।
३) खराब बोली भएकी :
भनिन्छ, कि बचनमा नै साक्षात सरस्वतीको बास हुन्छ । जुन महिलाको मधुर बचन छैन, त्यस्ता युवतीले कसैलाई रिझाउन सक्दिनन । खराब वा कटु बचन बोल्ने महिलाको स्वभाव पनि उसको बोलीजस्तै असभ्य र खराब हुन्छ । यस्ता महिलाकै कारण दैनिक पारिवारिक वा छिमेकमा कलह पैदा हुन्छ । त्यसैलेपनि यस्ती स्त्रीसँग विवाह नगरेकै राम्रो ।
४) अवेरेसम्म सुत्ने बानी भएकी :
निकै ढिलासम्म सुत्ने महिलाहरू स्वभावले निकै अल्छी मानिन्छ । बेलुका चाडै सुतेपनि काम नै नभएको अवस्थामा पनि बिहान सवेरै उठ्ने महिलाले परिवारलाई नै सकारात्मक प्रभाव पार्छन । सवेरै उठेर सबैलाई चिया वा पानी दिने उनको बानीले दिनभर उनीसँग परिवारको सकारात्मक चिन्तन पैदा हुन्छ । यसैको कारण परिवारमा उनको महत्त्व बढ्छ । ढिला सुत्ने महिला अल्छी हुने हुँदा सबैको नजरमा नकारात्मक बन्छन । त्यस्ता युवतीलाई परिवारले त्यति माया पनि गर्दैनन् । अल्छी युवतीले घर पनि सफा राख्दैनन् । घरमा लक्ष्मीको कृपा बनाईराख्नको लागि सरसफाई निकै जरुरी हुन्छ । साथै अवेरसम्म सुत्ने महिलाहरू शारीरिक रूपमै निकै कम्जोर हुन्छन् । बिहान अवेरसम्म सुत्दा दिनभर थकानको महसुस हुन्छ । अवेरसम्म सुत्ने महिलाहरूलाई कयौँ रोग पनि लाग्न सक्छ । त्यसैले भुलेर पनि यस्ता स्वभाव भएकी युवतीसँग विवाह नगर्नुस ।
“