हिरासतबाट अभियुक्त फरार, असईसहित तीन प्रहरी निलम्बनमा

 

असार २४, काठमाडौं । ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना अभियुक्त फरार भएपछि असईसहित ३ प्रहरीलाई कारवाही गरिने भएको छ । 

गएराति तीनजना थुनुवा प्रहरी प्रभागको हिरासत कक्षको ट्वाइलेटको ग्रील तोडेर फरार भएका थिए । प्रहरीका अनुसार शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना हिरासतको ग्रिल तोडेर भागेका हुन् । 

null

फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका अभियुक्त हुन् । 

घटनामा प्रहरी पनि शङ्काको घेरामा परेपछि उनीहरूलाई निलम्बन गर्ने तयारी भएको हो । ड्यिुटीमा रहेका एक असई, एक हवल्दार र एकजना प्रहरी जवानलाई निलम्बन गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले जानकारी दिए । 

घटनाको अनुसन्धान गर्न ललितपुर परिसरकै एसपी दुर्गा सिंहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । 

उनीहरुलाई ललितपुर परिसर जावलाखेलमा राख्नुपर्ने थियो तर त्यहाँ ठाउँ अभावका कारण भैंसेपाटीमा राखिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *