बिहिबार यी कार्य गर्नुहोस् शुभ फल मिल्नेछ

 

असार २६ ।   हिन्दुधर्म मान्नेहरुले कुनै पनि कार्य कुन बार के कार्य गर्दा ठिक हुन्छ थाहा पाएर गरेमा अतिउत्तम फल प्राप्त हुन्छ । हामी मध्ये धेरै व्यक्ति हिन्दुधर्म मान्ने पनि छौँ । 

तर ती व्यक्तिहरु सबैले हिन्दु धर्म मानेपनी कुनैपनी कार्य गर्दा बार हेरेर गर्ने चलन छैन । तर जो व्यक्तिहरु धर्मशास्त्रमा आस्था राख्ने हुन्छ ती व्यक्तिहरु कुनैपनि कार्य गर्दा धर्मशास्त्र अनुसार गर्ने हुन्छ । यदी हामीले कुनै पनि कार्य गर्दा शास्त्रअनुसार बार हेरेर गरेमा हाम्रो जिवनमा आईपर्ने कठिनाईहरु टाडा हुन्छ हाम्रो जिवनमा सधैँभरी खुशीयाली भईरहनेछ । बार मध्येको बिहिबार के कार्य गर्दा शुभफल प्राप्त हुन्छ तल बनाईएको छ । 

null

धर्मकर्म गर्नुब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने शास्त्रमा भनिएको छ । 

लक्ष्मीको पूजा गर्नुहोस बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पतिपत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ । 

बिहिबार भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुबिहिबार भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउदा शुभफल प्राप्त हुन्छ । बिहिबारको दिन सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुहोस् जसले सम्झेको कार्य पुरा हुन्छ । 

बिहिबार पहेँलो वस्तु दान गर्नुहोस्यस दिन केरा दान गर्नुहोस् । केराको रुखलाई पूजा गर्नुहोस् । प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् । बिहिबार केसरी वा बेसारको टिका निधारमा लगाउदा राम्रो हुन्छ । यो दिन पहेँलो वस्तु दान शुभ फल प्राप्त हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *