नेपाल आइडलको एकमात्र महिला प्रतियोगी सुजाता बाहिरिइन्

काठमाडौं, भदौ १० । गायनसम्बन्धी रियालिटी टिभी शो नेपाल आइडलमा महिला प्रतिस्पर्धीको चुनौति समाप्त भएको छ। टप फोरबाट बुटवलकी सुजाता पाण्डे आउट भएसँगै पहिलो नेपाल आइडल पुरुष बन्ने पक्कापक्की भएको हो।

बुटवलकी २१ वर्षीया सुजाताले बिहीबार प्रसारित कार्यक्रममा पर्फमर अफ दि डेको उपाधिसँगै गिटार उपहार पाएकी थिइन्। तर यो उपाधिले उनलाई दर्शकको मतमा सुरक्षित बनाउन भने सकेन। दर्शकको कम भोट आएको भन्दै उनी बाहिरिएको घोषणा गरियो। बटम थ्रीमा भने यसपालि पहिलो पटक बुद्ध लामा पनि परेका थिए। डेन्जर जोनमा सुजातासँगै प्रताप दास पनि परेका थिए।

‘बाबाकी प्यारी छोरी’ को उपमा पाएकी सुजातालाई जजहरुले पटक पटक अघिल्ला कार्यक्रमहरुमा पटक पटक प्ले ब्याक सिङ्गिङका लागि उपयुक्त स्वर भन्दै प्रशंसा गरेकका थिए।

सुजाता बाहिरिएसँगै अब नेपाल आइडलमा बुद्ध लामा, निशान भट्टराई, सागर आले र प्रताप दास बाँकी रहेका छन्। अर्को हप्ता थप एक जना प्रतिस्पर्धी बाहिरिएपछि टप थ्रीबीच ग्रान्ड फिनाले हुनेछ र पहिलो नेपाल आइडलको उपाधि तीन मध्ये एकले पाउने छन्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *