आज चट्याङ्सहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत ९, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै  स्थानीय वायूको समेत प्रभाव रहेकोले मौसम बदली हुने भएको छ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अपरान्हपछि देशका केहि स्थानहरुमा सामान्य बदली भई मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ । 

यस्तो छ तीन दिनको पूर्वानुमान :- 

null

चैत्र ०९गते (आईतबार) 

दिउँसोः देशको पूर्वी भु-भागमाआंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पूर्वीर मध्यभू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहनेछ।देशको पूर्वीर मध्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

चैत्र१०गते (सोमबार) 

दिउँसोः पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वीपहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहनेछ । 

चैत्र११गते (मंगलबार) 

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहनेछ।पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआंशिक बदलीरहनेछ।देशको पश्चिमी पहाडिभू-भागका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *