अरु भन्दा सुन्दर र फरक देखिन यस्तो पहिरन लगाउँनुहोस्

  

पुस १२ । मानिस आफू सुन्दर हुन जो कोही पनि चान्छन् । जो कोही पनि अरूभन्दा फरक देखिन चाहन्छन् । हामीले सुन्दर देखिन हामीले हाम्रो पहिरन,कलरका साथै शरिको बनोवट र उचाईमा पनि ध्यान दिनु पर्ने हुन्छ । जस्तो गहुँगोरो वर्णका मानिसले मौसमअनुसार पहिरन लगाउँदा गर्मीयाममा हल्का रङका पहिरन लगाउनुपर्छ भने जाडो मौसममा गाढा रङका पहिरन छनौट गर्दा धेरै राम्रो देखिन्छ  । 

यस्तै कालो वर्णका मानिसलाई प्राकृतिक कलर सुहाउँछ । प्राकृतिक कलरमा बेज स्किन, म्युज कलर, लाइन ब्राउन, डार्क ब्राउन ग्रे कलरहरू पर्छन् । 

null

– पहिलो कुरा त आफु कुन ठाउँमा जाँदै छु, के गर्दै छु भन्ने कुरा विचार गरेर पहिरन लगाउनुपर्छ । – यस्तै कम उचाइ भएका महिला–पुरुषलाई सीधा धर्के पहिरन बढी सुहाउँछ । – चाडपर्व, फेस्टिभ कलरको ‘रातो, रानी पिंक, सिन्दुरे, अरेन्ज आदि’ पहिरन लगाउँदा फरक देखिन सकिन्छ । – तपाईं स्लिम हुनुहुन्छ भने लेहेंगाको ब्लाउजमा सर्ट कलर गर्‍यो भने अरूभन्दा फरक देखिन्छ । –लेहेंगा धेरै खुला हुुनु हुँदैन । लेहेंगा लगाउँदा ठूलो पेट भएका महिलाहरूले सलले पेट र नाइटो छोप्नु उपयुक्त हुन्छ । – लेहेंगामा वेज हिल सुज आरामदायक हुनुका साथै राम्रो पनि देखिन्छ । –किशोरीहरूले क्याजुअल पहिरन लगाउँदा वन पिसमा कन्फर्टेवल म्याचिङ सुज राम्रो देखिन्छ । यसमा चुरा तथा एयररिङ पनि उत्तिकै खुल्छ । –पार्टीमा सहभागी हुँदा आफूले लगाएको पहिरनको फर्मल रङअनुसार एसेसरिज प्रयोग गरियो भने भने अरूभन्दा फरक देखिन सकिन्छ । – प्लेन कुर्ता–सलवारमा प्रिन्टेड सल आकर्षक देखिन्छ । यसमा ठूलो एयररिङ लगाउँदा अझ खुल्छ । – जिन्स पाइन्ट लगाउँदै हुनुहुन्छ भने त्यसको माथि वेस्टेन टप्स लगाएर सललाई कम्मरमा साडीको जसरी ड्रयापिङ गर्‍यो भने आकर्षक देखिन्छ । – थाईको भागसम्म एकतर्फ चिरिएको वानपिस ग्ल्यामरस हुन्छ । अर्को कुरा वन पिस आफ्नो शरीरमा फिटिङ हुनुका साथै पछाडिको भाग अलि बढी खुला हुनु उपयुक्त मानिन्छ । –यदि सिम्पल वन पिस लगाउने हो भने घाँटीमा ठूला गहना लगाउन सकिन्छ । यसका साथै कम्मरमा बेल्टसमेत प्रयोग गर्न सकिन्छ ।– जिन्स पाइन्टमा नाइटोसम्म चिरिएको कुर्ती लगाउन सकिन्छ । यो अहिले फेसन ट्रेन्डमा छ । यसका साथै कुर्तिको गला केही खुला राखियो भने पनि फरक देखिन्छ । – यतिबेला टिनएजरहरूले कलरफुल पहिरन लगाउने ट्रेन्ड छ । त्यसमा पनि प्याटर्न डिजाइनको कोट आकर्षक देखिन्छ । प्याटर्न कोटमा पाइन्ट तथा टिसर्टचाहिँ प्लेन डिजाइनको भयो भने लुक्समा फरकपन आउँछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *