मनकामना मन्दिरमा जलप लाउन १२ किलो सुन आवश्यक, ८५ प्रतिशत निर्माण सम्पन्न

गोरखा, भदौ १० । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले मंसिर १० गते हुने केन्द्र र प्रदेश निर्वाचनमा जुट्न गोरखाका नेपाली काँग्रेसका कार्यकर्तालाई आग्रह गरेका छन् । यसैबीच उपप्रधानमन्त्री श्रेष्ठले प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा पूजाअर्चना गरेको छ । मन्दिर जीर्णोद्धारमा देखिएका समस्याबारे मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठसँग उनले जानकारी लिएका थिए ।

मन्दिर जीर्णोद्धारको काम करिब ८५ प्रतिशत सकिएको बताउँदै संयोजक श्रेष्ठले छानामा सुनको जलप लगाउन करिब १२ किलोग्राम सुन आवश्यक परेको बताए । मन्दिर जीर्णोद्वार गर्न सरकारले रु चार करोड दिएको थियो ।

काँग्रेस गोरखाले आज सदरमुकाममा आयोजना गरेको जनप्रतिनिधि सम्मान कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा जस्तै केन्द्र र प्रदेश निर्वाचनमा पनि पार्टीको वर्चश्व कायम राख्न निर्देशन दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तोकिएको समयमै केन्द्र र प्रदेशको निर्वाचन हुन्छ । निर्वाचन एकै चरणमा हुन्छ । नभए हिमाली र पहाडी भेगमा पहिलो र दोस्रो चरणमा तराईमा निर्वाचन हुन्छ । निर्वाचनका लागि तयारीमा जुट्नुहोस् ।’ स्थानीय, प्रदेश र केन्द्र निर्वाचनले मात्रै संविधान कार्यान्वयन हुने उनले बताए ।

मुलुकमा देखिएका समस्या समाधान गर्न काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत मुख्य दल एक भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *