संक्रमणपछि उपचार गर्नुभन्दा राेग लाग्नै नदिनु राम्रोः प्रदीप खड्का

चैत्र ११, काठमाडौं । नायक प्रदीप खड्काले कोरोना भाइरसका कारण जनजीवन प्रभावित भएको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् । 

आज (मंगलबार) सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नायक प्रदीपले सरकारले गरेको लकडाउनको पालना गर्न र सचेत भएर बस्न सम्पूर्ण नागरिकमा आग्रह गरेका हुन् । 

उनले भिडियो सन्देशमा भनेका छन्– ‘संक्रमणपछि उपचार गर्ने भन्दापनि राेग लाग्न नदिनु राम्रो हो । अहिले सरकारले गरेको लकडाउनको अवस्थालाई हामीले पनि साथ दिनुपर्छ । स्टे होम, स्टे सेफ ।’ 

साथै उनले यदि कोरोना संक्रमणको कुनै लक्षण देखा परेमा सावधान रहन, सेल्फ क्वारेन्टाइनमा बस्न तथा अस्पतालमा जान सुझाव दिएका छन् । 

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले सोमबार साँझ देशलाई नै पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको थियो ।  

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *