सलमान खानसँग कहिले काम नगर्ने भन्ने नायिका दिशालाई सलमानकाे जवाफ
जेठ १५ । भारतीय अभिनेत्री दिशा पाटनीले फिल्म भारतमा पहिलो पटक सलमान खानसँग काम गरेकी छिन् । तर दिशाले सलमान खानसँग अभिनय गर्न पाउने यो नै पहिलो र अन्तिम फिल्म हुनसक्ने बताएकी छिन् । एक अन्तरवार्तामा दिशा आफैंले यसबारे कुरा गरेकी हुन् ।
दिशाले भनिन्, ‘फिल्मका लागि निर्देशक अली अब्बसले मलाई फोन गरेर फिल्ममा मेरो भूमिका स्पेशल अपियरेन्सभन्दा बढी हुने जानकारी दिए । मैले उक्त भूमिकाका लागि हुन्छ भनिदिएँ किनभने यो भूमिका सलमानको अपोजिटमा थियो । मलाई यो फिल्मपछि सलमान खानसँग काम गर्न पाउँला नपाउँला भन्ने लाग्यो । अली सरले पनि स्क्रिप्ट सुनाउने बेला मलाई यही भनेका थिए ।’
null
उमेरको भिन्नताका कारण दिशाको यस्तो बयानः
जब उनलाई कि यस्तो लाग्छ भनेर सोधियो तब उनले भनिन्, ‘मेरो र सलमानको उमेरमा निकै ठूलो अन्तर छ । फिल्ममा सलमानलाई जवानको रुपमा पनि देखाइएको छ । यसै कारण मलाई उनको अपोजिटमा लिइएको हो । ’
‘भारत’ पछि सलमान खानसँग कहिले पनि काम गर्ने छैनन् दिशा पाटनी, यस्तो छ कारणदिशाको बयानपछि आयो सलमानको प्रतिक्रियाः
दिशाको उक्त बयानपछि सलमान खानले पनि प्रतिक्रिया दिएका छन् । सलमानले एक अन्तरवार्तामा भने, ‘उनी कुन उमेर अन्तरको कुरा गरिरहेकी छिन् ? म अहिले पनि १७ वर्षकी नायिकासँग फिल्म खेलिरहेको छु ।’ एजेन्सी