मलेसियामा श्रमिकको न्यूनतम तलव बृद्धिको घोषणा

काठमाडौं । मलेसियामा श्रमिकको न्यूनतम तलव ११ सय रिंगिट हुने भएको छ । यसअघि १ हजार ५० रिैगिट न्यूनतम तलव बनाउने घोषणा गरेको सरकारले आगामी जनवरी देखि न्यूनतम तलव ११ सय बनाउने घोषणा गरेको हो । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् । 

द स्टारका अनुसार बजेटमा अन्य थुप्रै कुरा समेटिएका छन् । यसअघि मासिक ५० रिंगिट न्यूनतम तलव बृद्धिको निर्णय भएपछि मलेसियन ट्रेड यूनियन कँग्रेस लगायतका संस्थाहरुले यसको विरोधमा प्रदर्शन गरेका थिए । तिनिहरुले सरकारलाई तलव बृद्धि अत्यन्तै न्यून भएको भन्दै विरोध चर्काउने चेतावनी सहित ज्ञापनपत्र बुझाएका थिए । 

ज्ञापनपत्र बुझ्दै मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले तलव बृद्धिको विषयमा पुनरावलोकन हुने भन्दै केहि दिन पर्खिन आग्रह गरेका थिए । सोही अनुरुप सरकारले नयाँ तलवको घोषणा गरेको हो ।    

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *