नेपालगञ्जमा श्रीमानले गरे श्रीमतीको हत्या

असार २६, नेपालगञ्ज । नेपालगञ्जमा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोल बस्ने ४३ वर्षीय शिव कुमार लोदले श्रीमती ३६ वर्षीया लिला कुमारी लोदको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । उनको उपचारका क्रममा मृत्यु भएको हो । 

हत्या अभियोगमा प्रहरीले शिवलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । 

null

साथै घटनामा शंकास्पद सोही ठाउँ बस्ने ३८ वर्षीय नरेश साहु तेलीलाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *