लण्डनमा सुहानाको बोल्ड लुक्स (फोटो फिचर)
जेठ २२, काठमाडौँ । आफ्नो पहिलो फिल्म ‘ए मेरो हजुर ३’ लिएर चलचित्रको टिम सहित लण्डन पुगेकी नायिका सुहाना थापाको रेड कार्पेट प्रिमियर शो मा खिचिएको केही तस्विरहरु सार्वजनिक भएको छ ।
आइतबार बेलुकी लण्डनको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न गरिएको चलचित्रको रेड कार्पेट प्रिमियर शोमा उनले लगाएको पहिरन र हेयर स्टाईलले अहिले निकै तारिफ बटुल्न सफल भएको छ ।
null
आफ्नो पहिलो चलचित्रबाटै दर्शक माँझ जादु चलाउन सफल सुहानालाइ हल्का सुगा कलरको पहिरन र कर्ली हेयरमा निकै बोल्ड र सुन्दर देखिएको थियो ।
सपन इन्टरटेनमेन्टले आयोजना गरेको प्रिमियरमा चलचित्रकी नायिका सुहाना थापा सँगै निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा समेत लण्डन पुगेका थिए
‘ए मेरो हजुर ३’ सुहानाको डेव्यू चलचित्र हो । पहिलो चलचित्रबाटै उनी एका एक हिट हुन पुगेकी हुन् । हेरौं उनै सुहानाको लण्डनमा चलचित्रको प्रिमियर शो हुँदा खिचिएको केही तस्विरहरु ।