३० हजार धरौटीमा छुटिन् धर्ती माता, पीडितले उजुरी दिनै मानेनन्

 

असार २४, काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएको आरोपमा पक्राउ परेकी आफूलाई धर्ती माता बताउने विष्णु कुँवर ३० हजार धरौटी बुझाएर थुनामुक्त भएकी छिन् । 

असार १३ गते शुक्रबार विष्णु पक्राउ परेकी थिइन् । उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरबाट नियन्त्रणमा लिएको थियो । 

null

मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो भने अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी माग गरेको छ । 

काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाएको थियो । तर दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो । प्रहरीले पीडितलाई उजुरी दिन आग्रह गर्दा पनि उजुरी नदिँदा अनुसन्धान फितलो भएको प्रहरीको भनाइ छ । 

उनले ती युवतीलाई ‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै पिटेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *