प्रहरी प्रवक्तामा न्यौपानेलाई जिम्मेवारी

काठमाडौं, भदौ १२ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेलाई दिइएको छ । न्यौपानेलाई प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रवक्ता न्यौपानेलाई मोबाइल नं ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *