राष्ट्रपतिले सरकारलाई सिकाएको सबक
काठमाडौं बैशाख ११ । बिकसित धनी राष्ट्रहरुमा प्र्रमुख तथा प्रमुख कार्यकारी पदका ब्यक्तिहरुको आफ्नै विमान हुन्छन् । सोही विमान मार्फत नै उनीहरु बिदेश भ्रमणमा जाने गर्दछन् । त्यस्ता विमानले सर्वसाधारण नागरिकलाई यात्रा गराउँदैनन् । राष्ट्रप्रमुखको भ्रमणका लागि छुट्टै विमान नहुने देशका राष्ट्रप्रमुख, राष्ट्रिय ध्वजावाहक विमान अर्थात सरकारी एयरलाइन्सको विमान मार्फत विदेश भ्रमणमा जाने गर्छन् । जसले सरकारी राष्ट्रिय विमानको प्रबद्र्धन हुन्छ । ति राष्ट्रहरुमा प्र्रमुख तथा प्रमुख कार्यकारी पदका व्यक्तिहरुले सरकारी विमानलाई विश्वास गरेको बुझिन्छ । विशिष्ट पदका व्यक्तिको लागी छुट्टै विमान नहुने अधिकाँश मुलुकले राजकिय भ्रमणमा सरकारी स्वामित्वको विमान प्रयोग गर्नुपर्ने नियम बनाएका पनि हुन्छन् । उनीहरु विदेश भ्रमणमा राष्ट्रिय ध्वजाबहाक विमान नै प्रयोग गर्ने अनिवार्य शर्त पालना गर्दछन् । यस्तो निर्देशिका नेपालमा पनि भएपनि अधिकाँश कार्यकारी प्रमुखहरुले उल्लघंन आएन । विदेश भ्रमणका लागि राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सलाई पाखा लगाएर निजी कम्पनीका एयरलाइन्स प्रयोग गर्दै आएका थिए ।
तर बुधबार चीन उडेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय ध्वजावहाक जहाज प्रयोग गर्दै ठुलै सबक सिकाएकी छिन् । नेपाल वायुसेवाको विमानमा काठमाडौंबाट सियाङ हुँदै बेइजिङ प्रस्थान गरेकी उनले सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाईन्स प्रयोग गर्दै सरकारी विमानप्रतिको विश्वास जगाईदिएकी छिन् । लोकतन्त्र प्राप्तिपछि राष्ट्रपति भण्डारीले नै राष्ट्रिय ध्वजाबाहक विमानलाई चार्टड गरेर पहिलोपटक विशिष्ट तहमा यसरी अन्तराष्ट्रिय उडान भरेकी हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन जाँदा निजी क्षेत्रको हिमालय एयरलाइन्सको जहाज प्रयोग गर्दा सरकारीलाई बेवास्ता गरिएको भन्दै आलोचना भएको थियो । ओली मात्रै नभएर अरु तत्कालिन प्रधानमन्त्रीहरु समेत भ्रमण निर्देशिका बिपरित निजी एयरलाईन्स प्रयोग गर्दै राजकीय भ्रमणमा गएका थिए ।
चीन उडेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय ध्वजावहाक जहाज प्रयोग गर्दै ठुलै सबक सिकाएकी छिन् । नेपाल वायुसेवाको विमानमा काठमाडौंबाट सियाङ हुँदै बेइजिङ प्रस्थान गरेकी उनले सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाईन्स प्रयोग गर्दै सरकारी विमानप्रतिको विश्वास जगाईदिएकी छिन् ।
null
प्रधानमन्त्री ओलीले पहिलो र दोस्रो कार्यदल दुबैमा निजी एयरलाईन्स प्रयोग गरी चीन गएका थिए । उनले आफु निकटका व्यवसायी आङछिरिङ शेर्पाको हिमालय एयरलाइन्स प्रयोग गरेका थिए । गएको असारमा चीनमा गरेको दोस्रो राजकिय भ्रमणमा मात्रै प्रधानमन्त्री ओलीले नीजी जहाजका लागि ६४ लाख ९२ हजार रुपैंयाँ भाडा तिरेका थिए । सो एयरलाईन्सका मालिक शेर्पाको गएको फागुन १५ गते पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुँदा संगै निधन भएको थियो ।
राष्ट्रिय ध्वजावाहक विमान प्रबद्र्धन गर्ने उद्धेश्यउच्चस्तरिय भ्रमणमा अरु जहाज भन्दा राष्ट्रिय ध्वजाबाहक विमान प्रयोग गर्दा सकारात्मक सन्देश जाने भन्दै सरकारी स्वामित्वकौ विमान चार्टर गरिएको पराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रबक्ता भरतराज पौडेल भन्छन्, ‘सरकारी जहाजको उडान हुँदाहुँदै निजी रोज्नु आवश्यक थिएन । अर्काेतर्फ राष्ट्रिय ध्वजाबाहक विमानलाई विशिष्ट तहमा अन्तराष्ट्रिय उडान भराएपछि विभिन्न मुलुकबाट नेपाल आउने जाने पर्यटकलाई यसै जहाजप्रतिको विश्वसनियता बढोस् भन्नका लागी पनि नेपाल एयरलाइन्स रोजेका हौँ । ’
महत्वपुर्ण नजीर स्थापना भयो : बिज्ञहरुनेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्न गएकी राष्ट्रपति भण्डारीको भ्रमणको योजना जति महत्वपुर्ण छ नेपाल एयरलाइन्स प्रयोग गर्नुले उत्तिकै महत्वपुर्ण नजीर स्थापना गरेकी विज्ञहरुको तर्क छ । नेपाल भ्रमण वर्ष २०२० नजीकिदै गर्दा राष्ट्रपतिले राष्ट्रिय ध्वजाबाहक विमान प्रयोग गर्दा चीनमा समेत सकारात्मक सन्देश जाने बरिष्ठ पत्रकार तथा विश्लेषक आनन्दराम पौडेल बताउँछन् । ‘राष्ट्रपतिको यस कदमले राष्ट्रिय ध्वजाबाहक विमान प्रबद्र्धधन गर्न तथा चिनियाँ पर्यटकलाई यसै विमान प्रयोग गर्न प्रेरित गर्दछ, जसबाट लगातार घाटामा रहेको सो संस्थालाई ठुलो राहत मिल्नसक्छ ’ पौडेल भन्छन् ।
नेपाल एअरलाइन्सको थप गन्तव्यको पहलराष्ट्रपति भण्डारीले नेपाल एअरलाइन्सप्रति आम सर्वसाधारणको विश्वास जगाएकी मात्र छैनन् सो संस्थाको थप गन्तव्य विस्तार गर्ने विषयमा समेत छलफल गर्दैछिन । उनले चीन भ्रमणका क्रममा नेपाल एयरलाइन्सलाई बेइजिङ र ग्वान्जाउमा उडानको रुट तथा स्लट दिने विषयमा छलफल कार्यसूची रहेको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । नेपाल एयरलाइन्सले लामो समयदेखि चीनका विमानस्थलमा उडानका लागि स्लट र रुटको अनुमति प्राप्त गर्ने प्रयास गरिरहे पनि अहिलेसम्म नपाएपछि राष्ट्रपतिले पहल कदमी लिएकी हुन् । चीन, जापान, हङकङलगायतका गन्तव्यमा उडान गर्ने लक्ष्यसहित नेपाल एयरलाइन्सले दुईवटा वाइडबडी जहाज किनेको थियो । उसले हालै जापान उडानको अनुमति पाए पनि उडान सुरु भने भइसकेको छैन । चीनबाट नेपालतर्फ चिनियाँ वायुसेवा कम्पनीले मात्रै उडान गरिरहेका छन । चीनका चाइना साउदर्न, चाइना इस्टर्न, एयर चाइना, क्याथे प्यासिफिक, ड्रागन एयरलगायतले हाल नेपालमा उडान गरिरहेको छ । तर, नेपाल एयरलाइन्सको उडान नहुँदा चीनबाट नेपालका लागि भाडा महँगो रहेको गुनासो छ । त्यसैले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि चीनमा नेपाल एयरलाइन्सको उडान हुनु आवश्यक रहेकोले राष्ट्रपतिले छलफल गर्न लागेको जनाइएको छ ।