घुम्दै, फिर्दै, रम्दै राष्ट्रपति भण्डारी, अवलोकन गरिन् ‘ता सियान बौद्ध’ विहार

 

बैशाख १२, चीन । नौ दिने चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन गरेकी छिन् । 

चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा शुक्रबारदेखि ३ दिनसम्म बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ मा सहभागी हुन बुधबार चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारीले बिहीबार ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन गरेकी हुन् । 

null

मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुका साथै मन्दिरका विषयमा जानकारी दिएका थिए । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिन् । 

चीनको बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । 

यो मन्दिर ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस मन्दिरमा पुजारी सेङचुङले भारतबाट ल्याएका बौद्ध सामग्री राख्ने गरिन्थ्यो । 

मन्दिर अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि सहभागी थिए । 

राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुनेछिन् । राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *