यसरी आफ्नो नङ सुन्दर अनि स्वास्थ्य राख्नुहोस्

बैशाख १२ । मानिस अनुहार मात्र सुन्दर भएर नङ राम्रो छैन भने त्यो मानिस जति सुकै सुन्दर भए पनी उसको सुन्दरतामा केही कमी नै भई रहेको हुन्छ । सफा लामो सलक्क परेको नङले हातको शोभा नै बढाई दिन्छ । 

 

जो पनि चाहन्छ कि अनुहार सँगसँगै हातको नङ पनी सुन्दर अनि स्वास्थय होस् । तर धेरैको नङ अलिकती बढ्न नपाउँदै टुक्रिने हुन्छ । यस्तो समस्या देखिनु भनेको हामीले नङलाई राम्रो सँग हेरचाह नगर्नु हाे । हामीले अनुहार सँगसँगै नङको पनि हेरचाह गर्नु अति आवश्यक छ । नङ कसरी सुन्दर र स्वास्थ्य राख्न सकिन्छ केही बिधीहरु तल दिईएको छ जसले तपाईलाई तपाईको नङ सुन्दर र स्वास्थ्य राख्न मदत गर्नेछ । 

null

– सुन्तलाको ताजा रसमा नङलाई १० मिनेटसम्म डुबाउने । हप्तामा एक वा दुईपटक यसो गर्दा नङ बलियो र सुन्दर हुन्छ । 

– एक चम्चा कागतीको रसमा तीन चम्चा ओलिभ आयल मिलाएर १० मिनेटसम्म नङलाई रगड्दा दह्रो हुनुका साथै चाँडै बढ्न मद्दत गर्छ । यो दिनको एकपटक गर्दा राम्रो हुन्छ । 

 – राति सुत्नुपहिले ओलिभ आयलले हल्का तरिकाले नङमा पाँच मिनेटसम्म मसाज गर्ने । त्यसपछि कटनको पन्जा लगाउने ।नरिवलको तेलमा एकचौथाइ मह र रोजमेरीको तेल मिलाउने । त्यसलाई अलिकता तातो बनाउने । 

नङलाई त्यो मिसाइएको प्याकमा १५ मिनेटसम्म डुबाएर राख्ने । यस्तो प्रक्रियाले नङ सुन्दर हुनेभन्दा पनि स्वस्थ हुन्छ ।नियमित एक हप्तासम्म यो उपचार गर्दा नङ बलियो र सुन्दर हुन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *