प्रकाश दाहालको स्मृतिमा नारायणगढमा रक्तदान

मंसिर ३, चितवन । तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य तथा युवा नेता प्रकाश दाहाल ‘साकार’ स्मृतिमा आज नारायणगढमा प्रथम खुला रक्तदान कार्यक्रमको आयोजना भएको छ । 

योङ कम्युनिष्ट लिग नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) ले सयुंक्त रुपमा गरेको रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा १२ जना महिलासहित १०३ रक्तदान गरेका थिए । 

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकिय सचिवसमेत रहेका प्रकाशको निधन भएको आज एक वर्ष पूरा भएको छ । 

null

चितवनमा भएको चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौँ गएकै दिन राति प्रकाशको हृदयघातका कारण मृत्यु भएको थियो । 

नारायणगढ लायन्सचोकमा भएको रक्तदान कार्यक्रम योङ कम्युनिष्ट लिग चितवनका जिल्ला इन्चार्ज मधु न्यौपानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा नेताहरु ईश्वरी भट्टराई, तेजेन्द्र खड्का, प्रकाश ढुंगानालगायतले प्रकाशले युवा पुस्तामा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । 

भर्खरको युवा जवान थिए प्रकाश । चितवन क्षेत्र नम्बर ३ को घरदैलो कार्यक्रममा दौडधूप गरेका प्रकाशको निधनको खबर सबैलाई त्यतिबेला अपत्यारिलो लागेको थियो । तर, सत्य त्यही थियो, बेलुका खाना खाएर सुतेका प्रकाश दाहालले सदाको लागि चिरनिद्राबाटै बिदा भएका थिए । आकस्मिक हृदयघातले उनलाई कहिल्यै नफर्कने गरी चुँडेर लगेको थियो । त्यतिबेला देशभर नै सन्नाटा छायो । चितवन उनको गृहजिल्ला, पूरा शोकमा डुव्यो । तत्कालिन समयमा सारा चुनावी कार्यक्रमहरु केही दिन स्थगित भयो । 

तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका थिए । तत्कालीन समयमा चितवनको चुनावी कार्यक्रम सकेर प्रचण्ड घरदैलो कार्यक्रमपछि झापा गएका थिए । 

बुबा झापातर्फ लागेपछि प्रकाश चितवनबाट काठमाडौं लागेका थिए । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको थियो । ३७ वर्षको कलिलो उमेरमै उनी संसारबाट बिदा भए, आज पनि यो खबर अपत्यारिलो लागिरहन्छ । 

प्रकाश दाहाल २०३८ साल असार १७ गते जन्मेका हुन् । उनको जन्मस्थान भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगर हो । प्रकाश दाहाल २०५७ सालदेखि तत्कालीन माओवादी पार्टीमा भूमिगत भएका हुन् । भूमिगतको समयमा उनी १८ वर्षका थिए । 

भूमिगत जीवनसँगै उनी पार्टीमा होलटाइमर (पूर्णकालीन) भएका थिए । पार्टीमा भूमिगत हुँदा पार्टीका सुप्रिम कमाण्डर प्रचण्डको सहयोगीको रुपमा प्रकाशले काम गरेका थिए । 

लामो समय उनले बुबाकोे निजी सचिवको रुपमा रहेर काम गरेका प्रकाश दुई पटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनी सचिवालयमा रहेर आफ्नो जिम्मेवारी पूरा गरेका थिए । 

प्रकाश तत्कालीन माओवादीको केन्द्रीय कार्यालय ‘हेडक्वार्टर’मा सूचना संकलन विभागमा काम गर्थे । यो काम उनको मृत्यु अघिसम्म पनि जारी नै थियो । उनले आफूले पाएको राष्ट्र सम्मानको पदवीलाई छोडेर प्रकाशले एउटा गतिलो सन्देश दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *