‘धतुरे’को नौलो मिसन !

 

सी.पी. पुडासैनी अर्थात ‘धतुरे’ । सदैव नयाँ प्रयोग गर्न रुचाउने कलाकार ।

नेपाल टेलिभिजनमा मिडिया हवजस्ता संस्थाहरुको एकलौटी राज हुँदा कलाकारले नै एजेन्सी खोलेर टेलिफिल्म प्रशारण गरी एनटिभिको रेकर्ड तोड्ने कलाकार ।

स्वर्णीम क्रियसनद्धारा उत्पादित ‘के जमाना आ’ नेपाल टेलिभिजनमा ४० भागसम्म प्रशारण भयो । दर्शकहरुको मन जित्न सफल यो श्रृंखलालाई एपिवान टेलिभिजनको व्यवस्थापनले खरिद गर्याे । हाल ‘क्या जमाना आ’ एपिवान टेलिभिजनबाट हरेक बुधवार राती नौ बजे प्रशारण हुँदै आएको छ ।

एपिवानबाट ‘क्या जमाना आ’को सात भागसम्म प्रशारण भइसकेको छ । आठौं भागको छायांकनमा व्यस्त छन् यतिखेर चिरञ्जिवी अर्थात सिपि पुडासैनी !

सो श्रृंखलाको निर्माण सल्लाहकारको रुपमा नरबहादुर नेपाल छन । र सुवास कार्की ‘बेलासे’ भद्रगोल छाडेर क्या जमानामा आ इन्ट्री गर्दै छन् । यस्तै श्रृंखलाको परिकल्पना रेडियो नेपालका बरिष्ठ संगीत संयोजक श्रीराम रायमाझीको हो ।
‘क्या जमाना आ’ मा सिपि पुडासैनीका अलवा किरण थापा, केशव सापकोटा ‘भैसीको कसम’, गणेश खड्का, सम्झना अचार्य, सानु बोगटी, सुन्धरा दोघडी लगायतका कलाकारहरुले अभिनय देख्न पाइन्छ ।

काल्पनिक कम र वास्तविक अर्थात अहिलेको जमानाका यथार्थ दृश्य हामी यो श्रृंखलामा देख्न पाउँछौं ।

आजको यो श्रृंखलामा हामी ‘क्या जमाना आ’का निर्देशक सी पी पुडासैनीका केही पाटाहरु खोतल्ने प्रयास गर्दैछौं ।

उनका धेरै श्रोता तथा दर्शकहरुलाई थाहा नभएको राजनीतिक भूमिगत जीवनदेखि नाट्य क्षेत्रमा आउन गरेका संघर्ष र सफलताका किस्सा हामीसँग यसरी सुनाएः

काठमाडौको डाँछीमा जन्मिएर हुर्किएका हुन सी पी । पिता विष्णुप्रसाद पुडासैनी र आमा राधिका पुडासैनीको कोखबाट जन्मेका पुडासैनीले १८ दिन अगाडि मात्र आफ्नो ३७औँ जन्मदिन मनाए । उनी परिवारको दोस्रो सन्तानका रुपमा सामान्य किसान परिवारमा जन्मिएका हुन् । त्यतिबेला यदाकदा निजी विद्यालय (बोर्डिङ) भएपनि सरकारी स्कुलमै बसेर अध्ययन आरम्भ भयो ।

कुराकानीका क्रममा उनले सुनाए– ‘मेरा पिताजी अलि भिन्न स्वभावको व्यक्ति हुनुहुन्थ्यो ।’ उनले यसो भन्नुको कारण के रहेछ भने त्यो जमानामा पनि छोरालाई सरकारी स्कुलमा भर्ना गरेर बहिनीहरुलाई निजी विद्यालयमा भर्ना गर्नुभएको । त्यतिखेर बुवाले किन त्यसो गर्नुभयो होला भनेर अहिले म सम्झेर चकित पर्दछु । बुवाले ०२२ सालमा म्याट्रिक (एसएसलसी) गर्नुभएको थियो । जतिबेला पञ्चायती शासनको राज थियो । तर बुवा सरकारी जागिर भन्दापनि खेती किसानीतिर लाग्नुभयो । त्यसपछि उनले कुराकानीलाई अघि बढाए । सायद पिताकै केमेष्टी धतुरेमा पनि स¥र्यो । उनी जीवनमा जागिरको खोजीमा कहिल्यै हिडेनन् ।

स्कुले शिक्षा श्री नेपाल र राष्ट्रिय निर्माण विद्यालयबाट आरम्भ गरे उनले । तीनताक मावि बनिसकेको थिएन । फ्ल्यासब्याकमा आफ्नो बालापनलाई सम्झन्छु,‘त्यतिबेला सुकुल र बोरा बिछ्याएर नेपाली अक्षर क, ख, ग..र अंग्रेजी अक्षर ए, बी, सी, डी..कण्ठस्थ गर्नुपथ्र्याे । सुकुल भक्तपुर बोडेमा निर्माण गरिन्थ्यो । डेस्क र बेन्चको कुनै प्रवन्ध थिएन ।’

उनी ति दिन फेरि सम्झन्छन्,‘ए, बी,सी कण्ठस्थ नपारेर दुई महिनासम्म त बोरामै बसेर अध्ययन गरेको थिएँ ।’ त्यसपछि काठमाडौंस्थित थलीको कान्ति भैरब माध्यमिक स्कुलमा सात कक्षामा भर्ना हुन पुगेँ । अस्थायी स्कुले यात्रा झै उनले यसअघि नै नाटकको पर्दा चिहाइसकेका थिए ।

फ्ल्यासब्याक नाटक
यसरी सात कक्षा भर्नाका लागि थली पुग्नु अघि नै उनले ‘आमा’ नाटक पर्दा अगाडि बसेर हेरिसकेका थिए । कहाँ पाउनु अहिलेजस्तो त्यो समयमा घर घरमा टेलिभिजन ? एक घण्टाको बाटो हिँडेर टि.भि. हेर्न जानुपथ्र्याे । घण्टौं बाटो हिडेर रामायण हेरेको हिजै जस्तो लाग्छ उनलाई । उनको विद्यार्थी जीवन अध्ययन भन्दापनि साहित्य क्षेत्रमै बित्यो । उनी भन्छन्,‘कथा, निबन्ध भन्दा बढी कविता लेख्न रुचाउथेँ । म विद्यार्थी जीवनदेखि नै जातीय विरोधी पनि थिएँ ।

एक व्यक्ति अनेक नाम

जनयुद्ध कालका यी भुमिगत कार्यकर्ता ‘विदुर नेपाली’ ‘बुलेन्द्र दमाइ’ हुँदै कसरी टेलिभिजनका चर्चित ‘धतुरे बने त ?
उनले अमिलो मन पार्दै भने ‘राजनीतिक कुरा नगरौं ।’ ०६१ मा सरकार र माओवादीबीच बाह्र बुँदे सम्झौता भयो । सोही समयमा उनी फर्किए नेपाल । जीवन आखिर संयोग न हो । त्यहि संयोगले भेटे शिशिर सुवेदी ।’ र शुरु गरे तिते करेली ।
यो टेलिश्रृंखला त्यो समयको हिट श्रृंखलामध्ये एक थियो । बीचमा ‘सिस्नु पानी झ्याम्म’ै निर्माण गरे । ६८ सालसम्म यो टेलिश्रृंखला चल्यो । दर्शकको दिलमा डेरा जमाउदै गर्दा बीचमा ‘भद्रगोल’ नामक टेलिश्रृंखला निर्माण गर्न लागे । त्यहीबाट जन्मियो ‘धतुरे’ पात्र ।

३२ भागसम्म सो श्रृंखलामा देखिएका उनी चर्चा बटुल्दै गर्दा सो टेलिश्रृंखला छाडेर बाहिरिए । र निर्माण शुरु गरे ‘के जमाना आ’ ।  यस अगाडि नै ‘तोरी लाउरे’, ‘ताल न बेताल’को हास्य टेलिसिरियल निर्माण गरेको अनुभव छदै थियो । तिनै अनुभवहरुलाई समेटेर स्वर्णीम क्रियसन जन्माए । स्वर्णीम क्रियसनकै प्रस्तुतिमा ‘के जमाना आ’ नेपाल टेलिभिजनबाट प्रसारण हुन थाल्यो ।
४० भागसम्म एनटिभीबाट प्रसारण हुँदै आएको यो श्रृंखला अहिले एपिवानमा पुगेको छ ।

यसअघि नेपाल टेलिभिजनमा रहँदा ‘के जमाना आ’ नाम रहेको सो श्रृंखलाको नाम अहिले परिवर्तन भएर ‘क्या जमाना आ’ बनेको छ । अन्य श्रृंखलामा जस्तो उट्पट्याङ कहानी नभई यर्थाथपरक समाजिक कथामाथि तिखो व्यंग्य गर्दै आएको छ यो श्रृंखलाले ।

हरेक हप्ता कथा तयार गर्नु पटकथा लेख्नमा व्यस्त देखिन्छन सी पी । ‘क्या जमाना आ !’ टेलिश्रृंखलामा कथा श्रीराम रायमाझी र सी पी पुडासैनीको पटकथा/संवाद सी पी पुडासैनी र कमल के.आर को रहेको छ । शीर्ष गायन स्वंय सी पी कै सुन्न पाइन्छ । यी बहुमुखी प्रतिभाका धनी सी पीको आगामी सपना छ कमेडी थिएटरको स्थापना गर्ने ।

धतुरेको मिसन सफल रहोस हाम्रो शुभकामना !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *