दुःखी हुँदा सलमान खानको यो गीतमा डान्स गर्छिन् कैटरिना

फागुन ९, काठमाडौँ । बलिउडकी चर्चित नायिका कैटरिना कैफले आफू दुःखी हुँदा सलमान खानको गीतमा डान्स गरेर दुःख भुलाउने गरेको बताएकी छिन् । 

कैटरिना हाल सलमान खानसँग चलचित्र भारतको सुटिङ्गमा व्यस्त छिन् । कैटरिनाले आफ्नो फेभरेट डान्स मुभको बारेमा पनि शेयर गरेकी छिन् । उनलाई चलचित्र ‘प्यार किया तो डरना क्या’ को गीत ‘ओ–ओ जाने जाना’ मा सलमान खानको डान्स मुभ मनपर्छ । 

कैटरिनाले एक यस्तो चीजको बारेमा पनि खुलासा गरेकी छिन्, जुन चीज उनीसँगै छ र त्यो पाउन चाहन्छिन् । 

null

‘म आफ्नो मेटाबोलिजम परिवर्तन गर्न चाहन्छु, ताकि जिम जान नपरोस् । म आफ्नो आखाको रंग पनि बदलिएर करीनाको जस्तो नीलो बनाउन चाहन्छु’, कैटरिनाले भनिन् । 

कैटरिना अहिले खुट्टाको चोटबाट पीडित छिन् । हालसालैको एक कार्यक्रममा उनी लट्ठी लिएको अवस्थामा देखिएकी थिइन् र उनको खुट्टामा पट्टी बाँधिएको थियो । कैटरिनालाई चलचित्र भारतको सुटिङ्गका क्रममा चोट लागेको हो । यसै कारणले गर्दा उनी सुटिङ्गमा जान पाएकी छैनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *