गाई काट्ने रिहा गर्न भन्दै संघिय लिम्बुवानद्धारा आन्दोलनको चेतावनी

 

पुष २ । धरान गत शुक्रबार गोरु काटेको अभियोगमा प्रहरीले धरान १७ बाट १० जनालाई प्रक्राउ गरेको भन्दै साँस्कृतिक अधिकार संरक्षण समितिले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई आईतबार मात्रै ध्यानाकर्षण पत्र बुझाएकै भोली पल्ट आज संघिय लिम्बुवान मञ्च नेपालले समेत आपत्ति जनाएको छ । 

धरान १३ स्थित पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालको संविधान २०७२ को नेपाली नागरिकलाई नै सर्वोच्च मानेको र संविधानको १९१० को ९१० मा गरिएको व्यवस्था नेपालका संंविधानको मूल कानुन भएको र संविधानमा धर्मनिरपेक्ष राज्य घोषण भएकोले गोरु काट्दा पक्राउ गर्नुपर्न कुनै कारण नदेखिएको संघिय लिम्बुबान मञ्च नेपालका सुनसरी जिल्ला अध्यक्ष अमर ईजम लिम्बुले बताए । 

null

पक्राउ परेकाहरु आफ्ना पार्टीका कुनै तहको कार्यकर्ता नभएको दाबी गर्दै उनीहरूलाई निःशर्त रिहाईको लागि चेतावनी दिएको छ । ईजमले प्रहरी प्रशासनले संविधानको भावना विपरीत हुनेगरी गोरु काटेको बिषयलाई लिएर मुद्धा बनाईनु निन्दनीय भएको जनाएको छ । 

साथै सो पार्टीले संविधानसँग बाँझिने कुनैपनि कानुन अमान्य हुँदाहुँदै मुलकी एनको बुदालाई टेकेर प्रहरीले गरेको दमनप्रति घोर आपत्ति समेत रहेको जनाएको छ । सम्मेलनमै सो काम कार्वाहीलाई तत्काल सच्याउन र पक्राउ परेका दशै जनालाई तत्काल बिनाशर्त रिहा गर्न माग गरिएको छ । यदि यस्तो प्रक्रिया तुरुन्त नगरिय मञ्च सम्बद्ध पार्टीले जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी समेत दिएको छ । 

गत मंंसिर २८ गते साँझ धरान १७ विद्या टोलबाट आशिष मन्सुरी, हसमुद्धिन मन्सुरी, बहिश मिया, रिजमान मिया, सहादत मन्सुरी, आशिक खडगी, राजेश खड्गी अनिल शाही, अनिश शाही र राजेन्द्र खड्गीलाई गोरु काट्दै गरेको अवस्थामा धरान प्रहरीले पक्राउ गरेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *