इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एभर्टनमाथि ३–१ गोलको जित निकालेको सिटी ४४ अंकसहित शीर्ष स्थानमा उक्लँदा एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित दोस्रो स्थानमा छ ।  

शनिबार भएको खेलमा सिटीको जितमा ग्याब्रियल जेससले २ तथा रहिम स्टर्लिङले १ गोल गरेका थिए । एर्भटनका डोमोनिक काल्भर्टले सान्त्वना गोल गरे । सिटीले घरेलु मैदानमा सुरुदेखि नै एभर्टनमाथि दबाब बनाएको थियो ।  

२२ औँ मिनेटमा एभर्टनका डिफेन्डर क्यारी मेनले क्लियर गर्न नसकेको बलमा लोरियो सानेले पास दिएपछि ग्याब्रियल जेससले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । 

null

४०औँ मिनेटमा सिटीका रियाद मेहरेजले गरेको प्रहार जोर्डन पिकफर्डले बचाएका थिए । पहिलो हाफमा १ गोल गरेको सिटीले दोस्रो हाफमा थप २ गोल गरेको थियो भने १ गोल खाएको थियो । 

५०औँ मिनेटमा लोरियो सानेको पासमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २–० ले अगाडि बढेको थियो । ६५औँ मिनेटमा एभर्टनले १ गोल फर्काउन सफल भयो । 

जसमा डोमोनिक काल्भर्टले लुकासले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेपछि एभर्टनले अग्रता २–१ मा झारेको थियो । ६९ औँ मिनेटमा फर्नान्डो लुइज रोजाले क्रसलाई रहिम स्टर्लिङले गोलमा परिणत गर्दै सिटीको अग्रता ३–१ बनाए ।  

जारी प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले आइतबार म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *