मुलुकलाई जोगाउन राष्ट्रवादी शक्ति एक हुनुपर्नेमा जोड

पुस ८, काठमाडौं । विकासको पथमा मुलुक अघि बढ्नुपर्नेमा झनझन अधोगति तर्फ गएकोले मुलुकलाई जोगाउन पनि राष्ट्रवादी शक्तिहरु एक भएर अघि बढ्नुपर्ने राप्रपा (प्रजातान्त्रिक) को युवक संगठनका संयोजक रविन्द्रप्रताप शाहले बताएका छन् ।  

राप्रपा (प्रजातान्त्रिक) को राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (प्रजातान्त्रिक) द्वारा आयोजित इकाइ कमिटी घोषणा तथा प्रशिक्षण कार्यक्रममा बोल्दै शाहले राष्ट्रवादी शक्तिहरु एक भएर अघि बढ्नु पर्ने बताएका हुन् ।  

 

null

राप्रपावि संगठन कसमस क्याम्पस कमिटीले आयोजना गरेको कार्यक्रममा शाहले युवा तथा विद्यार्थी शक्तिले मुलुक बचाउन र राष्ट्रियता जोगाउन एक हुनुपर्नेमा जोड दिए । प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य रामेश्वर थापाले युवाहरुमा रहेको राष्ट्रियता अब बाहिर ल्याउनु पर्ने जिकिर गरे । उनले ९४ प्रतिशत हिन्दु धर्मावलम्बीको धर्मलाई संरक्षण गरी राष्ट्रियताको संरक्षण गर्न पनि सबै एकजुट हुनुपर्ने जिकिर गरे ।  

प्रशिक्षण कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष निराजन बमले देशमा भएका हरेक खालका परिवर्तनमा युवा र विद्यार्थीहरुको निर्णायक भूमिका रहेको भन्दै मुलुकको विकास र राष्ट्रियताको संरक्षणमा समेत विद्यार्थीहरु अग्रसर हुनुपर्ने बताए । उनले मुलुकमा ब्याप्त महिला हिंसा, बलात्कारका घटना कम गर्न सरकारले नसकेको भन्दै बर्तमान सरकार इतिहासकै निरिह र कमजोर सरकार भएको समेत दावि गरे । उनले आजका विद्यार्थीले भोली सिंहदरबारको शासन हातमा लिन शक्ति क्षमता भएकोले राप्रवि संगठन विद्यार्थीको हक अधिकारका लागि प्रतिबद्ध रहेको बताए ।  

राप्रवि कसमस क्याम्पस इकाइ कमिटि अध्यक्ष आशिष सैजूको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका प्रवक्ता एन्टिसंघर्ष राईले स्वागत मन्तब्य राखेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *