‘विप्लवजी, प्रतिस्पर्धात्मक राजनीतिमा आउनुस्, जनताको मन जित्नुस्’

 

चैत ५, काठमाडौँ । राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले विप्लवलाई प्रतिस्पर्धात्मक राजनीतिमा आउन आग्रह गरेका छन् । 

मंगलबारको राष्ट्रिय सभामा बोल्दै नेकपा सांसद श्रेष्ठले प्रतिस्पर्धात्मक राजनीतिमा आएर जनताको मन जित्न आग्रह गरेका हुन् । 

null

‘नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिस्पर्धात्मक राजनीतिमा आउन म आग्रह गर्न चाहन्छु । सरकारसँग वार्ता गर्नुस् । श्रेष्ठता सावित गर्नुस् । जनताको विश्वास जित्नुस् र सत्तामा जानुस् । अनि आफूले चाहे अनुसारको संविधान संशोधन गर्नुस् ।’ 

उनले अहिले विप्लवमाथिको प्रतिबन्ध र सिके राउतसँगको ११ बुँदे सम्झौताका विषयहरु मात्रै उठ्ने गरेको भन्दै सिके राउतको पार्टीले राष्ट्रिय परिषद्को बैठक गरेर राष्ट्रिय गानसँगै सार्वजनिक गरेका निर्णयहरुले राजनीतिमा नयाँ तरंग ल्याएको बताए । 

सांसद श्रेष्ठले १२ बुँदे शान्ति सम्झौतासँगै सबैको प्रयासले संविधान संशोधन भएको स्मरण गराउँदै विप्लवलाई बम पड्काउने, धम्क्याउने लगायतका गतिविधि अन्त्य गरी वार्तामा आउन पनि आग्रह गरे । 

साथै उनले विप्लवले गर्ने भनेको क्रान्ति कसका विरुद्ध हो ? भन्दै प्रश्न गरे । ‘विप्लवजीले क्रान्ति गर्ने भन्नुभएको छ । यो कसका विरुद्ध हो ? हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा उहाँले भन्ने गर्नुभएको वैज्ञानिक समाजवाद भनेको कस्तो समाजवाद हो ? उहाँले जारी राख्नुभएको आतंकले समृद्ध नेपालको कल्पना हामी साकार पार्न सक्छौँ ? हिंसासँगै, शान्ति र समृद्धि हुन सक्दैन’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *