भिटेन बिरुद्ध मुद्दाः ‘हामी यस्तै त हो नी ब्रो’ युट्युबबाट हट्यो
मकालु खबर
२०७६ कार्तिक ७ गते
कार्तिक ७, काठमाडौँ । चर्चित र्यापर तथा गायक समिर तामाङ भिटेन बिरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।
उनले गाएका ‘हामी यस्तै त हो नि ब्रो’गीतमा प्रयोग भएको अश्लील शब्द र उनको आधिकारिक फेसबुक अकाउन्टबाट पोष्ट गरिएको प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिरका कारण उनी पक्राउ परेका थिए ।
पक्राउ परे लगतै भिटेनले अश्लील र आपत्तिजनक शब्द भएको उक्त गीत आफ्नो युट्युब च्यानलबाट हटाई सकेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले बिहिबार बिहान जाउलाखेलबाट नियन्त्रणमा लिएको हो । त्यस गितमा भिटेनले प्रहरीलाई गाली र अपशब्द प्रयोग गरेको महाशाखाको दावी रहेको छ ।
प्रहरीका अनुसार हाल उनलाई अभद्र व्यवहारको मुद्दा चलानको लागि महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।
मकालु खबर
२०७६ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित