अमेरिकामै लुकेको भनिएकी उपमेयरको यस्तो ‘स्टाटस’

माघ १२,  काठमाडौं । अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएकी छिन् । आफु बिरामी भएका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण दिँदै उनले आफूले मेयरलाई बारम्बार फोन गर्दा पनि नउठाएको  दाबी गरेकी छिन् ।  । 

अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन कात्तिकको पहिलो साता दर्शना अमेरिका गएकी थिइन् । करिब एक महिनादेखि उनी आफूसित सम्पर्कमा नरहेको तिलागुफाका मेयर रतन शाहीले सञ्चारमाध्यमलाई बताएका थिए । साथै उनको फेसबुक अकाउन्ट पनि निष्कृय भएको थियो । 

सञ्चार माध्याममा उपमेयर अमेरिकामै लुकिन भन्ने समाचार आएपछि नेपालीले आफ्नो फेसबुक पुनः एक्टिभ गर्दै स्टाटस लेखेकी हुन् । आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै ५ महिना लाग्ने फेसबुकमार्फत उनले बताएकी छन् । 

उनलाई के र कस्तो रोग लागेको भने उनले खुलाएकी छैनन् । नेपालीका अनुसार उनलाई भारतीय डाक्टर अञ्जीर कुमारले उपचार गरिरहेका छन् । 

यस्तो छ नेपालीको स्टाटस : 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *