…जब श्रममन्त्री विष्ट जनकपुरको श्रम कार्यालय पुगे

 

जेठ ५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनकपुरको श्रम कार्यालय अनुगमन गरेका छन् । 

आइतबार दिउँसो उनले जनकपुर पुगेर त्यहाँकको श्रम कार्यालय अनुगमन गरेका हुन् । 

null

कार्यालयको निरीक्षण गर्दै सेवाग्राही र कर्मचारी दुवैसँग अन्तक्र्रिया समेत गरेका मन्त्री विष्टले कार्यालय व्यवस्थित स्थानमा सार्न समेत निर्देशन दिएका थिए । उनले सेवाग्राहीलाई सहज र सरलल सेवा उपलब्ध गराउन पनि कर्मचारीलाई आग्रह गरे । 

आइतबार प्रदेश २ को प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरी कार्यालय अनुगमनमा पुगेका मन्त्री विष्टले सेवाग्राहीको सहजताका लागि आवश्यक जनशक्ति र स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *