नितिगत बहसमा सडक तथा फूटपाथ व्यवसाय
असोज १, विराटनगर । विराटनगरमा ‘नितिगत बहसमा सडक तथा फुटपाथ व्यवसाय’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विकल्प एण्ड अल्टेनेभी संस्थाको आयोजनामा मंगलबार भएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
लामो समयबाट विभिन्न विषयमा रहेर खोज तथा अनुसन्धान गर्दै आईरहेको उक्त संस्थाले पछिल्लो समय विराटनगरलगायत प्रदेश १ को विभिन्न प्रमुख शहरहरुमा अनौपचारिक पेसामा संलग्न भएका फूटपाथ तथा सडक व्यवसायीहरुको विषयमा विकल्प अनुसन्धान गरेका छन् ।
दमक, भरतपुर, धरान, ईटहरीलगायतका प्रदेश १ का प्रमुख शहरहरुमा सडक तथा फूटपाथ व्यवसायीको विषयमा ९ महिनाको खोज अनुसन्धानले सडक तथा फूटपाथका व्यवसायीहरुको हक हितलाई संरक्षण गर्न साथै उनीहरुलाई अनौपचारिक अर्थतन्त्रबाट औपचारिक अर्थतन्त्रमा समेट्नका निम्ति ध्यान पुर्याउन उल्लेख गरेकाछन् ।
null
सडक पेटी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने, सडक व्यवसायीहरुलाई सामान्य कर प्रणालीमार्फत सामाजिक सुरक्षाको विकल्प दिने, निर्धारित क्षेत्रबाहिर व्यवसाय गरेको पाइएको खण्डमा मात्र प्रशासनले सडक व्यवसायीलाई स्थान परिवर्तन वा हटाउने अधिकार राख्नेछन् ।
जस्ता प्रदेश सरकारलाई संस्थाकोतर्फबाट सुझाव राखेका छन् । अबको ३/४ महिनाभित्रमा सडक तथा फूटपाथ व्यवसायीहरुको व्यवस्थापन हुने सामाजिक विकास शाखा प्रमुख पुनम दाहालले बताए ।