निर्भया काण्ड : दोषीहरुलाई एकै पटक फासी दिइने
माघ २२, काठमाडौं । निर्भया बलात्कार तथा हत्याको मुद्दासँग जोडिएको याचिकाको दिल्ली उच्च अदालतले खारेज गरेको छ । उच्च अदालतले निर्भयाका दोषीलाई अलग अलग फासी नदिने बताएको छ ।
केन्द्र सरकारले दोषीहरुलाई अलग अलग फासी दिन भन्दै उचच अदालतमा निवेदन पेस गरेको थियो । जसमा आइतबार नै अदालतले सुनुवाइपछि आफ्नो फैसला सुरक्षित राखेको थियो ।
बुधबार तल्लो अदालतको फैसला रद्द नगरि दिल्ली उच्च अदालतले चार जनालाई नै एक हप्ताको समय दिएको । ताकि उनीहरुले सबै कानूनी उपचारको प्रयोग गरुन् । भारतीय सञ्चारमाध्यामका अनुसार दिल्ली उच्च अदालतलेका न्यायाधिश सुरेश कैतले आदेश पढ्ने समयमा भने, ‘यो कुरामा कुनै शंका छैन कि निर्भयाका दोषीहरुले न्यायीक प्रक्रियाहरुको प्रयोग गरि आफ्नो सजाय टाल्ने सबै कोशिश गरेका छन् ।’
सञ्चारमाध्यामका अनुसार अदालतले भनेको छ एक हप्तापछि फासीको वारेन्ट कार्यान्वयनका लागि उनीहरुविरुद्ध कारबाही सुरु हुनेछ ।
अदालतको फैसाला पछि निर्भयाकी आमा आशादेवीले पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘उच्च अदालतको फैसलाको स्वागत गर्छु । अहिलेसम्म समयसीमा तोकिएको थिएन, यस कारण उनीहरु आफ्ना सजायलाई स्थगित गर्न सफल भएका थिए । अब एक हप्ताको समय उनीहरुलाई दिइएको छ ।’
केन्द्रीय कानुनमन्त्री रवीशंकर प्रसादले भने, ‘निर्भया सामुहिक बलात्कारका दोषीहरुलाई छिटो भन्दा छिटो फासी हुनु पर्छ । उनीहरु आफ्ना सजाय स्थगितका लागि तमाम कोशिश गरिरहेका छन्, जुन न्यायोचित होइन ।’
३१ जनवरी २०२० मा दिल्लीको एक अदालतले निर्भया मामलाका दोषीहरुको फासीको सजाय अर्काे आदेशसम्मलाई स्थगित गरिदिएको थियो ।
१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएकाे निर्भया सामुहीक बलात्कारको घटनामा मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई दोषी करार गरिएको थियो ।