उदयपुरमा अटो रिक्सा दुर्घटना हुँदा एको मृत्यु, तीन घाइते

पुस २४, उदयपुर । बुधबार साँझ उदयपुरमा स१ह ३८११ नम्बरको  अटो रिक्सा दुर्घटना भएको छ ।   

उदयपुर त्रियुगा नगरपालिका–१० मा साँझ ५ बजे अटो रिक्सा पल्टिँएर भएको यस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।   

उक्त दुर्घटनामा परी त्रियुगा–७ की २० वर्षीया सीमा दुनुवारको मृत्यु भएको हो ।  दुर्घटनामा परी गम्भिर घाइते भएकी अटो रिक्सामा रहेकी यात्रु सीमाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

Image result for अटो रिक्सा पल्टिएर दुर्घटना

प्रहरीका अनुसार  यस दुर्घटनामा परी घाइते हुने एक जनालाई  उपचारको विराटनगरमा पठाईएको छ भने अन्य दुई घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *