वृद्धभत्ता बढ्यो, एकल महिला भत्तामा पनि वृद्धि !

 

जेठ १५, काठमाडौं । सरकारले वृद्धभत्ता बापतको रकममा वृद्धि गरेको छ । 

संयुक्त संसदमा वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले वृद्धभत्तामा १ हजार थप गरिएको जानकारी दिएका हुन् । 

null

सरकारले यसअघि मासिक २ हजार दिइँदै आएको थियो । आर्थिक वर्ष २०७६/७७ को बजेटमा वृद्धभत्तामा वृद्धि गरी मासिक तीन हजार बनाइएको हो । 

त्यसैगरी सरकारले एकल महिलाले पाउँदै आएको भत्तामा पनि वृद्धि गरेको छ । अर्थमन्त्री खतिवडाका अनुसार अब एकल महिलाले २ हजार पाउने छन् । यसअघि सरकारले १ हजार मात्रै दिँदै आएको थियो । अहिले १ हजार थप गरेर दुई हजार बनाइएको हो । सरकाले हिंसा पीडित महिलाको उद्धार, राहत, मनोसामाजिक परामर्श र कानुनी उपचारका लागि पुनस्र्थापना केन्द्रहरु विस्तार गरिने पनि जानकारी गराएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *