‘उपाभोक्ता अधिकार तथा स्थानीय बजार व्यवस्थापन’ अभिमुखिकरण

 

असार १६, विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा सरोकारवालाहरुलाई उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उदेश्यले ‘उपाभोक्ता अधिकार तथा स्थानीय बजार व्यवस्थापन’ विषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुका लागि एक दिने क्षता अभिमुखिकरण गरेको हो । 

null

 

सो अवसरमा रतुवामाई नगरपालिकाका उपमेयर दयन्तदेवी चुडालले नगर क्षेत्रका बजार पशलहरुको अनुगमन गरि उपभोक्ताको अधिकार स्थापित गर्नुपर्नेमा जोड दिइन् । उनले नगर क्षेत्रमा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुहरु फेला पर्ने गरेको, गुणस्तर हिन माछा मासु विक्रिवितरण, अखाद्य वस्तुहरुको मिसावट नियन्त्रण गर्न बजार अनुगमनलाई तिब्र रुपमा अघि बढाउन वडाध्यक्षहरुलाई निर्देशन दिइन् । 

कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन घिमिरेले बजार व्यवस्थापनमा नगरवासीको भुमिका महत्वपुर्ण हुने बताए । उनले बजार क्षेत्रका सवै पशल तथा व्यपार व्यवसायलाई दर्ताको दायरामा ल्याउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारी ‘मार्सेलि’ ले उपभोक्ता अधिकार, ऐन तथा कानुनहरु, बजारका समस्या लगायतका विषयमा विभिन्न ५ वटा कार्यपत्र प्रस्तुत गर्दै सहजीकरण गरेका थिए । 

कार्यक्रममा रतुवामाई नगरपालिकाका जनप्रतिनिधि, नागरिक समाजका अगुवा, विभिन्न राजनितिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *