मृत व्यक्ति फेला, नौ व्यक्ति पक्राउ

पुस १२, काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् । बुढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

साथै काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित टहरामा जुवातास खेल्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् । 

स्थानीय रविन थापाले सञ्चालन गरेको सिन्धुलीगढी मासु पसलमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा थापासहित नौ जनालाई गए राति पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद रु ८४ हजार ३५० समेत बरामद गरिएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *