लागुऔषधसहित २ जना प्रहरी नियन्त्रणमा

 

चैत २७, काठमाडौं । महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तिनथाना स्थित ढुंगेअड्डामा शंका लागि चेकजाँच गर्ने क्रममा खाजा घरबाट लागुऔषध नाईट्राभेट २७ फाईलमा ९४२ ‘पिस’ सहित दुई जनालाई पक्राउ गरेको गरेको हो । 

null

सर्लाही बरथहवा नगरपालिका–१ घर भइ काठमाडौंको कोटेश्वर बस्ने १९ वर्षीय सन्दिप गिरी र काठमाडौं महानगरपालिका–१६ बालाजु हाईट बस्ने १८ वर्षीय अर्पन राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले जानकारी दिए । 

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको थानकोट प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *