नेता तुलाधरको शव निवास लगियो, सोमबार अन्त्येष्टि गरिने

कात्तिक १८, काठमाडौँ । मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको शवलाई लैनचौरस्थित उनको निवास लगिएको छ । 

गत शुक्रबार मस्तिष्कघात भएपछि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था थप जटील बनेपछि नर्भिक अस्पताल भर्ना गरिएका उनको आइतबार दिउँसो निधन भएको हाे । 

 

null

पञ्चायतकालदेखि बाम राजनीतिमा सक्रिय भइ माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु नर्भिक अस्पताल पुगेका थिए। 

आइतबार रातभरि लैनचौरस्थित निवासमा राखेर उनको सोमबार अन्त्येष्टि गरिने नेकपा स्रोतले जनाएको छ । 

यसअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले श्रद्धान्जली व्यक्त गर्दै उनको योगदान कहिल्यै बिर्सन नसकिने बताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *