‘सय कडा दस’को टीम देश दौडाहामा

पुस १० धरान । समाजमा व्याप्त रहेको भ्रष्टाचारलाई माया प्रेम त्यसमा पनि चलचित्र मार्फत सामाधानको बाटो खोजिने उदेश्यले दर्शन नेपाल क्रियसनले नेपाली चलचित्र सय कडा दश यहि माघ १८ गतेबाट देशभरी प्रर्दशनमा ल्याउदैछ । 

 

सुनसरीको धरानमा मंगलबार पत्रकार भेटघाटको क्रममा चलचित्रका लेखक तथा निर्माता रज्जु प्रधानले मनोज गजुरेलले पहिलो पटक अभिनेताका रूपमा अभिनय गरेको चलचित्र ‘सय कडा दस’ माघ १८ गते देशव्यापी रिलिज हुने भएको जानकारी दिए । 

null

भष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई चलचित्रले उठान गरेको चलचित्रका निर्देशक रामशरण पाठकले जानकारी दिएका छन् । भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ले युवाहरुलाई सकरात्मक रुपमा प्रस्तुत गरेको र राष्ट्रमा भईरहेको भ्रष्टाचारको बिरुद्धको अभियानको थालनी समेत गरेको दाबी गरे । उनले भ्रष्टचारको बिरुद्ध माया प्रेममा आधारित कमेडी चलचित्र रहेको समेत पाठको दावी छ । 

चलचित्रको प्रोमो रिलिज हुनुपुर्व नै देशभरीका पत्रकार तथा अन्य संघ संस्था सर्वसाधारणहरुसँग अन्र्तक्रिया गर्ने प्रक्रियामा नै रहेको चलचित्रको टिम पूर्व लगायतका शहरहरुमा चलचित्र प्रमोशनको कार्यमा व्यस्त रहेको छ । 

नेपालमा रिलिज हुनुभन्दा पहिला थाइल्यान्ड आयदो जनवरी ४ तारिक र म्यानमारमा जनवरी ९ तारिखमा बिभिन्न शो मार्फत प्रदर्शन थालनी गर्ने निर्माता मनोज निरौलाले जानकारी दिए 

चलचित्रकी लेखक तथा निर्माता रज्जु प्रधानले चलचित्रको बटम लाइन ‘करप्सन भर्सेस लभ’ भएको दावी गरेकी छिन् । चलचित्रमा हाँस्य अभिनेता मनोज गजुरेलको डेब्युसंगै कलाकाहरु राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने लगायतले अभिनय गरेका छन । 

दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र लाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले निर्माण गरेका हुन् भने चलचित्रमा बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ । १ करोड ६० लाखको लागतमा निर्माण गरेको चलचित्र सय कडा दसको रामेश्वर कार्कीले छाँयाकन गरेका हुन भने स्वर तृप्तला गुरुङ, स्वपन सुमनको रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *