छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव फागुन २५ गतेदेखि

फागुन १२, काठमाडौं । आउँदो फागुन २५ गतेदेखि तनहुँको आँबुखैरेनी गाउँपालिकामा छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ हुने भएको छ ।   

आन्तरिक पर्यटन प्रवद्र्धन तथा धार्मिक तथा सांस्कतिक सम्पदाहरु बारेमा जानकारी दिने उद्देश्य सहित महोत्सव हुन लागेको हो । आँबुखैरेनी समाज काठमाडौले राजधानीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको छ ।   

ग्रामीण पर्यटनको विकास तथा स्थानिय उत्पादनको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष अभियानालाई समेत सघाउन पुर्याउने लक्ष्य सहितयो महोत्सव आयोजना गर्न लागेको समाजको भनाई छ । 

छिम्केश्वरी हाम्रो आधार ग्रामीण पर्यटन विकासको पुर्वाधार भन्ने नारा सहित आगामी फागुन २५ गतेदेखि २७ गतेसम्म तनहुँको आँबुखैरेनीमा महोत्सव हुन लागेको हो ।   

३० वटा स्टल रहने महोत्सवको विशेष आकर्षणको रुपमा छिम्केश्वरी सप्तदेवी दर्शन, स्थानिय खानाका परिकार तथा स्थानिय परम्परागत खेल रहेका छन् । महोत्सवमा २५ हजारले अवलोकन गर्ने तथा पच्चीसै लाखको कारोबार हुने अपेक्षा आयोजकको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *