‘पिँडालु’ ले पायो ५० लाख बढी भ्युज (भिडियाेसहित)

 

जेठ २६, काठमाडौं । तेजश रेग्मी र विष्णु माझीको स्वर रहेको गीत ‘पिँडालु’ लाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । 

छोटो समयमा नै गीतलाई ५० लाख भन्दा बढी दर्शकले माया गरेका छन् । इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत् सार्वजनिक भएको यस गीतमा गायक तेजस रेग्मीकै शब्द सङ्गीत रहेको छ । गीत युट्युबसँगै टिकटकमा समेत भाईरल बनेको छ । 

null

विशुद्ध लोक संस्कृति झल्काउने खालको गीत भएकाले दर्शक स्रोताले मन पराएको इनाक्षी इन्टरटेन्मेन्टका निर्देशक रामप्रसाद कँडेल बताउँछन् साथै इनाक्षी इन्टरटेन्मेन्ट युट्युब च्यानलले पनि पचास हजार सदस्य बनाएको छ । 

शिव विकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र विक, तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ् छन । दीपक सापकोटा, शशीधर कंडेल र केशव शर्मा पनि भिडियोमा अतिथी कलाकारको रुपमा फिचरिङ छन् । 

गीतको भिडियोलाई रामेश्वर कार्कीले छायाँकन गरेका हुन् भने सुजन शाहीको सम्पादन रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *