सिके राउतको तारिफ गर्दै प्रधानमन्त्रीले भने, ‘प्रचण्ड जस्तै क्षमतावान्’

 

फागुन २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउतको तारिफ गरेका छन् । 

शुक्रबार राष्ट्रिय सभामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले सिके राउतले पृथक राजनीति गरेको भन्दै उनको प्रशंसा गरेका हुन् । उनले स्वतन्त्र मधेश आन्दोलन परित्‍याग गरेका नेता सिके राउत नेकपा अध्‍यक्ष प्रचण्ड जतिक्कै क्षमतावान् भएको बताए । 

null

‘सिके राउतको एउटा पाटोले शान्तिपूर्ण राजनीतिको पक्षपोषण गरेको हो’, ओलीले भने, ‘अर्को पाटो पृथकतावादी आन्दोलन भनेका थियौँ । पृथकताबादी आन्दोलबाट यहाँ आउने क्रममा यो साधारण निर्णय भएको होइन, यो महत्वपूर्ण निर्णय हो ।’  

उनले हालको मौलिक हकले सबैलाई समेटेको दाबी गर्दै  अब हिंसाको स्वरुप सम्पूर्ण रुपले सकिएको छ भने ।  

सिके राउतले उठाएको मुद्दातिर संकेत गर्दै उनले देशको कुनै भाग टुक्राउन नपाइने र मुलुक सधैं सार्वभौम रहने बताए। उनले सीके राउतले हिंसारहित बाटोबाट पनि प्रतिक्रियावाादी शक्तिलाई पराजित गर्न सकिन्छ भन्‍ने सन्देश दिएको स्पष्ट पारे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *