राप्तीमा संक्रमित भेटिएपछि उच्च सर्तकता, वडामा आवतजावत रोक

वैशाख ६, चितवन । चितवनको राप्ती नगरपालिकामा एकै परिवारको दुईजनामा कोरोना संक्रमण भेटिएपछि उच्च सर्तकता अपनाइएको छ ।   

राप्तीको वडा नम्बर ८ का दुईजनामा शुक्रबार कोरोना भाइरस भएको पुष्टि भएको थियो । संक्रमित आमा छोरा हुन् । उनीहरु बेलायतबाट चैत ३ गते नेपाल आएका थिए ।   

संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडामा आवातजावतमा रोक लगाइएको छ । वडाका मुख्य चोकमा सुरक्षाकर्मी परिचालन गरिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् ।   

त्यस्तै संक्रमितहरुसँग सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइन राखिने भएको छ । सोहि वडामा छुट्टै क्वारेनटाइन निर्माण गरिने मेयर बरालले बताइन् ।  

क्वारेनटाइनमा बस्नेहरुलाई खाना लगायतको सुविधको लागि र उनीहरुसँग सम्पर्क भएका व्यक्तीहरुको टे«सिङ गर्न समितिनै बनाएर काम अगाडी बढाइएको मेयर बरालले बताइन् ।कोरोना संक्रमण भेटिएपछि राप्तिमा उच्च सर्तकता, वडामा आवतजावतमा रोक                                                 

बैशाख ६, चितवन । चितवनको राप्ती नगरपालिकामा एकै परिवारको दुईजनामा कोरोना संक्रमण भेटिएपछि उच्च सर्तकता अपनाइएको छ ।   

राप्तीको वडा नम्बर ८ का दुई जनामा शुक्रबार कोरोना भाइरस भएको पुष्टि भएको थियो । संक्रमित आमा छोरा हुन् । उनीहरु बेलायतबाट चैत ३ गते नेपाल आएका थिए । संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडामा आवातजावतमा रोक लगाइएको राप्ति नगरपालिकाकी मेयर प्रभा बरालले बताइन ।   

सो वडा प्रवेश गर्ने स्थानहरु पुर्व–पश्चिम राजमार्गको सिमलटाँडी, बैरहनी, खुरखुरे, बिरेन्द्रनगर लगायतको स्थानबाट अति अत्यावश्यक बाहेकका मान्छेहरुलाई प्रवेशमा रोक लगाइएको मेयर बरालले जनाइन् ।   

त्यस्तै संक्रमितहरुसँग सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइन राखिने तयारी गरिएको छ । त्यसका लागि ती ब्यक्तिहरु सँग को को सम्पर्कमा थिए भन्ने बारे पत्ता लगाउने काम भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए । भट्टराईका अनुसार सुरक्षाकर्मी परिचालन गरेर सो वडामा जो कोहिलाई पनि प्रवेश गर्न दिइने छैन ।   

संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी सुरु भई सकेको भन्दै राप्तिकी मेयर प्रभा बरालले सम्पर्क रहेकाहरुलाई ब्रह्मनगर माबिको क्वारेनटाइन राखिने जानकारी दिइन । खाना बस्नको ब्यबस्थापन र संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी गर्न समिति नै बनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *