विप्लव समूहका ब्यूरो इन्चार्ज वलीसहित ५ जना पक्राउ

 

जेठ ८, काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ब्यूरो इन्चार्जसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले बुधबार कर्णाली प्रदेशका भेरी ब्युरो इन्चार्ज बलबहादुर वली, भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का, जाजरकोटको कुशे गाउँपालिका–२ का जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगुको छायानाथ नगरपालिका घर भई कुशे गाउँ कमिटी सदस्य दीपकबहादुर सावत र जाजरकोट जिल्ला कमिटी सदस्य अजपाल बुढालाई नियन्त्रणमा लिएको हो । 

null

व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य खड्कालाई सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट नियन्त्रणमा लिइएको हो भने जैशी, सावत र बुढालाई जाजरकोटबाट नियन्त्रणमा लिइएको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *