जडिबुटीबाट रिभल्बर र नाइट्रेट ट्याब्लेटसहित २ जना पक्राउ

मंसिर ४, काठमाडौँ । काठमाडौं महानगरपालिका– ३२ जडिबुटी ढुंगेधारा नजिकैबाट रिभल्बर र लागुऔषधसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । 

सर्लाहीको लालबन्दी–३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियारलाई ज ११ प ४८६६ नम्बरको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

विशेष सूचनाका आधारमा मोटरसाइकलमा सवार उनीहरुमाथि चेकजाँच गर्ने क्रममा प्रहरीले रिभल्बर एक थान र लागुऔषध नाईट्रभेट ट्याब्लेट ८४० वटा बरामद गरेको हो । 

null

पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध र हातहतियार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *