प्रदेश सरकारद्धारा ताप्ली र लिम्चुङबुङ हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी

 

साउन ९, विराटनगर । बाढी पहिरोका कारण उदयपुरको ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा खाद्यान्न संकट चुलिएपछी प्रदेश सरकारले हेलिकप्टर मार्फत विहिबार खाद्य सामग्री पठाएको छ । 

उदयपुर जिल्लाको ताप्ली र लिम्चुङबुङ गांउपालिकामा विहिबार दिउँसो हेलिकप्टर मार्फत खाद्यान्न सामाग्रि पठाइएको हो । प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरले मार्फत विराटनगर विमानस्थलबाट सो क्षेत्रमा चामल, दाल, नुन र तेल पुर्याएको हो । हेलिकप्टरले ४ पटकमा खाद्यान्न लगेको हो । 

null

बाढी पहिरोका कारण ताप्ली र लिम्चुङबुङ गाउँपालिकालाई जोड्ने सडक अवरुद्ध भएका कारण सडकमार्गबाट त्यहाँ खाद्यान्न ढुवानी हुन नसकेपछि उत्पन्न भएको खाद्यान्न संकट समाधान गर्न हेलिकप्टरबाट खाद्यान्न पठाइएको हो । खाद्यान्नको संकट सृजना भएको जानकारी गराएपछि आकस्मिकरुपमा बसेको प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको बैठकबाट ती क्षेत्रमा राहतस्वरुप खाद्यान्न पठाउने निर्णय गरिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । 

बिहीबार हेलिकप्टर मार्फत चार पटकको उडानबाट ८० क्वीन्टल चामल, २० क्वीन्टल दाल,५ सय केजी नुन र ५ सय लिटर खानेतेल पठाइएको उनले जानकारी बताए । 

बाढीपहिरोका कारण अवस्था जटिल भएपछि लिम्चुङबुङ गाउँ कार्यपालिकाले गएको असार ३१ गते गाउँपालिकालाई संकटग्रस्त घोषणा गरेको थियो । गाईघाटबाट ७५ किलोमिटर दुरीमा रहेको लिम्चुङबुङ गाउँपालिकालाई जोड्ने सबै बाटाहरु अवरुद्ध भएपछि खाद्यान्न संकट उत्पन्न भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *