अध्यक्ष प्रचण्डको झुटो समाचार लेख्ने पोस्टपाटीका सम्पादक पक्राउ

मंसिर ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को झुटो समाचार बनाएर लेख्ने पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ लाई प्रचण्डलाई खुकुरी प्रहारको प्रयास गरिएको भन्ने झुटो समाचार प्रकाशन गरेको आरोपमा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । 

उक्त समाचारलाई प्रचण्डको सचिवालयले खण्डन समेत गरिसकेको थियो । 

null

रोल्पा गंगादेव वडा नं. ३ का चन्द मंगलबार दिउँसो तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ परेका हुन् । उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *