सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

 

फागुन २३, काठमाडौँ । सर्वोच्च अदालतले केही समयअघि पक्राउ परेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । 

प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । योसँगै उनले साधारण तारेखमा रही मुद्दा खेप्न पाउने छन् । 

null

राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो। 

राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले आज बदर गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *