तरकारीसँगै तपाइँ विष खाँदै हुनुहुन्छ: यसरी खानुहोस् तरकारी
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, मंसिर ६ । तरकारीमा व्यापक बिषादी मिसाइने गरेको रहस्य खुलेको छ । साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ ।
जसको मात्रा ४५ प्रतिशतमाथि रहेको छ । रोकावटदर देखाउने मेसिनले ३५ प्रतिशतसम्मलाई खानयोग्य ठान्छ ।
तरकारीमा विषादीको प्रयोग व्यापक भए पनि कर्मचारीको पर्याप्त दरबन्दी हुन नसक्दा परीक्षण प्रभावकारी हुन सकेको छैन । बाली संरक्षण निर्देशनालयबाट बरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा तीन जना कर्मचारी तरकारी परीक्षणका लागि खटिने गरेका छन् । विज्ञहरुले उमालेर अथवा धेरै मात्रामा पखालेर तरकारी खान सुझाव दिएका छन् ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित